२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

चार दशकदेखि चलिरहेको कलम रोकियो

१७ पुस, काठमाडौं इटहरीका पुराना पत्रकार याम प्रधानको निधन भएको छ । उनको निधनसँगै झन्डै चार दशकदेखि निरन्तर चलिरहेको कलम रोकिएको हो ।

प्रधान नेपाल पत्रकार महासंघ सुनसरीका पूर्वअध्यक्ष पनि हुन् । उनी मिर्गौलाको रोगबाट लामोसमयदेखि ग्रस्त थिए ।

५३ वर्षीय प्रधानको आज बिहान साढे ३ बजे इटहरी ९, भोजपुरे टोलमा रहेको आफ्नै निवासमा निधन भएको हो । उनी नेपाल प्रेस युनियनका पूर्वउपाध्यक्षसमेत हुन् । अग्रज पत्रकार प्रधानका पत्नी र छोरी छन् ।

प्रकाशित मिति : January 2, 2020 at 8:20 am