२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

ईपीएलमा २-० ले आर्सनल विजयी

१७ पुस, काठमाडौं इंग्लिस प्रिमियर लिग फुटबलमा लन्डन क्लब आर्सनल २-० ले विजयी भएको छ । बुधबार राति भएको खेलमा आर्सनलले म्यान्चेस्टर युनाइटेडमाथि जित हासिल गरेको हो ।

आर्सनलको जितमा निकोलास पेपे र सोक्राती पापस्तथोपोलोसले एक–एक गोल गरे । सइद कोलासिनाकको पास सदुपयोग गर्दै आठौं मिनेटमा निकोलासले आर्सनललाई अग्रता दिलाएका थिए । चालू सिजनमा उनको यो पाँचौं गोल हो ।

४२औं मिनेटमा पापस्तथोपोलोसले गोल गर्दै आर्सनलको अग्रतालाई दोब्बर बनाएका थिए । जितसँगै आर्सनल २१ खेलबाट २७ अंक जोड्दै तालिकाको दशौं स्थानमा उक्लिएको छ । युनाईटेड ३१ अंकसहित तालिकाको पाँचौं स्थानमा छ । –एजेन्सी

प्रकाशित मिति : १७ पुष २०७६, बिहीबार ०७:३९