मलद्वारभित्र लुकाएर ल्याएको आधा किलो सुनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ
१५ पाैष, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक जना भारतीय नागरिक सुनसहित पक्राउ परेका छन् । मलद्वारमा लुकाएर ल्याएको अवस्थामा करिब आधा किलो सुनसहित महाराष्ट्र ठाणेका सुनिल हरिराम पक्राउ परेका हुन् ।

प्रहरीले मंगलबार बिहान साढे ८ बजेकाे फ्लाइ दुबईबाट काठमाडौँ ओर्लेका सुनिलले मलद्वारभित्र लुकाएर ल्याएको आधा किलो सुन बरामद गरेकाे हाे । उनले दुई वटा प्लाष्टिकमा पोको पारेर २५० ग्राम/२५० ग्राम सुन मलद्वारमा लुकाएर ल्याएका थिए। एक्स-रे गरेपछि उनले मलद्वारमा लुकाएर ल्याएको सुन फेला परेकाे प्रहरीले जनाएको छ।
प्रकाशित मिति : December 31, 2019 at 12:52 pm









