२९ असार २०८३, सोमबार | Tue Jul 14 2026

विप्लव समूहका बागलुङ जिल्ला सचिव सुनारद्वारा आत्मसमर्पण

१५ पाैष, बागलुङ ।नेत्रविक्रम चन्द ‘विप्लव’ समूह निकट युवा सङ्गठनका जिल्ला सचिव सहलबहादुर सुनारले जिल्ला प्रशासन कार्यालय बागलुङमा आत्मसर्मपण गर्नुभएको छ । गलकोट नगरपालिका–४ का सुनारले सो समूह परित्याग गरी स्वतन्त्र नागरिकको हैसियतमा रहने प्रतिबद्धता जनाउँदै सोमबार प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री, प्रहरी उपरीक्षक नवराज भट्टलगायतको रोहबरमा आत्मसर्मपण गर्नुभएको हो ।

सो अवसरमा उहाँले जारी गर्नुभएकोे प्रेस विज्ञप्तिमा “नेपालको संविधान, कानूनविपरीत हुने कुनै पनि गतिविधि नगर्ने प्रतिबद्धता गर्दै पार्टी परित्याग गरेको घोषणा गर्दछु”, भन्ने उल्लेख छ । जिल्ला अदालतले सुनारलाई आइतबार रु १५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

प्रकाशित मिति : December 31, 2019 at 11:43 am