४ कार्तिक २०८३, मंगलबार | Wed Oct 21 2026

भीम रावललाई सूर्य थापाको सुझावः एक्लाे “बृहस्पति” बन्न नखाेज्नु नै हितकर हुन्छ

१४ पाैष, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीमबहादुर रावललाई नेकपाकै अर्का नेता एवं प्रचार विभागका उपप्रमुख सूर्य थापाले एक्लाे “बृहस्पति” बन्ने प्रयत्न नगर्न सुझाव दिएका छन । सोमबार राति सामाजिक सञ्जाल फेसबुक मार्फत उपप्रमुख थापाले एक्लाे “बृहस्पति” बन्न नखाेज्नु नै हितकर हुने बताएका छन । केही दिनअघि स्थायी समितिको बैठकको बारेमा नेता रावलले पार्टी प्रवक्ताको शैलीमा पत्रकारसँग बैठकका बारेमा कुरा गरेको भन्दै हैसियत सम्झाएका थापाले सोमबार उनले सोही बैठकमा प्रस्तुत गरेको कविता प्रस्तुत गर्दै रावलालइ नयाँ कविको रूपमा विश्वास गर्न नसकेको बताएका छन ।

तस्बीरमा नेता रावल र थापा ।

उनले लेखेका छन “पार्टीले तपाईका कविताबमाेजिम चलिदिनुपर्ने कि कसाे हाे ? यी दुई कविताकाे “पुरानाे” र “नयाँ कवि” तपाईं नै हाे भन्ने विश्वास नलागेर नै सार्वजनिक खपतका लागि यहाँ दुबै कविता प्रस्तुतसम्म गरिएकाे जानकारी अनुराेध छ । म पुरानाे लिम्पियाधुरा लेख्ने कविकाे हिमायती हुँ। तर स्थायी कमिटीमा सुनाएर सार्वजनिक गरिएकाे कविता भने तथ्यकाे भ्रष्टीकरण, भ्रमकाे पुलिन्दा र आत्मनिन्दा एवं भ्रत्सनाकाे मजाकपूर्ण दृष्टान्तबाहेक अरू केही हाेइन र हुन पनि सक्दैन । तपाईका यताका अन्तर्वार्ता, प्रस्तुति र यावत् पक्षले क्रमश: पापराजीकाे फन्दामा उहिले डायना परेजस्ताे/वा आज तपाई परिरहेकाे अनुभव भइरहेकाे छ । याे नबुझेर वा नजानेर त पक्कै गर्नुभएकाे हाेइन हाेला ? एक्लाे “बृहस्पति” बन्न नखाेज्नु नै हितकर हुन्छ हाेला !”

थापाले सामाजिक सञ्जाल मार्फत व्यक्त गरेका विचार ।

उपप्रमुख थापाले रावल माथि गम्भीर प्रश्न समेत उठाएका छन । थापाले रावललाइ “राष्ट्रवाद”काे बहसमा बुझेर नै उत्रिनुभएकाे हाे त ? भन्ने प्रश्न गरेका छन । उनले लेखेका छन “पार्टीले तपाईका कविताबमाेजिम चलिदिनुपर्ने कि कसाे हाे ? यी दुई कविताकाे “पुरानाे” र “नयाँ कवि” तपाईं नै हाे भन्ने विश्वास नलागेर नै सार्वजनिक खपतका लागि यहाँ दुबै कविता प्रस्तुतसम्म गरिएकाे जानकारी अनुराेध छ ।”

दुइ कविता ।

थापाले अघि लेखेका छन “तपाइकाे आजकाे बाेली, धारणा र अभिव्यक्ति नेकपाकाे संस्थागत निर्णय, धारणा र निर्देशन कदापि हाेइन र मान्न सकिदैन। सकिदैन । कमसेकम आफूले टेकेकाे धर्ती र आफ्नाे टाउकाेले खामेकाे आकाश मात्रै थाम्न खाेज्नु उचित हाेला कि ! विषयकाे संवेदनशीलता र गंभीरता बिर्सेर फर्किने ठाउँ नै नराखी आफू अनुकूल अपव्याख्या गरेर बहकिनु उचित हाेइन । आगे कुण्ड कुण्ड पानी, मुण्ड मुण्ड बुद्दि !! तपाईकै । “सहप्रवक्ता”

प्रकाशित मिति : December 30, 2019 at 10:22 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/