२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

कञ्चनपुरमै फेरि तीन वर्षिया बालिकाको बलात्कारपछि हत्या, साैतेनी बुबा पक्राउ

१४ पौष, कञ्चनपुर । कञ्चनपुरमै फेरि तीन वर्षिया बालिकाको बलात्कारपछि हत्या भएको छ । प्रहरीले बलात्कार नै पुष्टि नभए पनि बलात्कारपछि हत्या गरेको अशंका गरेको छ । घटना सार्वजनिक भए लगत्तै प्रहरीले बालिकाको हत्याको आरोपमा उनको सौतेनी बुबालाइ पक्राउ गरेर हिरासतमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले सोमबार दिउँसो बालिकाका सौतेलो बाबुलाई पक्राउ गरेको डीएसपी नरेन्द्र चन्दले बताएका छन ।

भीमदत्त नगरपालिका-१८ घर भएकी बालिकालाइ घरमा कोही नभएको समयमा सौतेनी बुबाले बालिकाको ज्यान लिएको प्रहरी बताएको छ । ती सौतेनी बाबु रक्सीले मातिएको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । अहिले बालिकाको शवलाई महाकाली अञ्चल अस्पतालमा राखिएको छ ।

आमा दाउरा लिन गएको समयमा बालिकाको बलात्कार भएको हुन सक्ने आशंका प्रहरीको छ । कञ्चनपुरमै एक वर्षअधि बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । उनको हत्यामा संलग्न अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् । प्रहरीले कुटपिट अघि बालिकामाथि बलात्कार भएको आशंका भएको जनाएको छ ।

प्रकाशित मिति : December 30, 2019 at 8:26 pm