पुरातात्विक मूल्यमान्यतालाई स्वीकार गर्न विज्ञको आग्रह
१४ पाैष, काठमाडौँ । विज्ञ ईन्जिनियरले विश्व सम्पदा क्षेत्रमा परेको क्षेत्र वरिपरिका भबन, मन्दिरलगायतका निर्माण पुननिर्माण गर्दा विशेष ध्यानदिनुपर्नेमा जोड दिएका छन् । पुरातात्विक मूल्यमान्यतालाई जीवन्त राख्ने गरी ती ठाउँका भबन निर्माण गर्नुपर्नेमा उनीहरुले जोड दिएका छन् ।

नेपाल इन्जिनियरिंग कलेज (नेक) दुवाकोट चाँगुनारायण भक्तपुरमा सोमबार आयोजित अन्तरसंवाद कार्यक्रममा विज्ञ इन्जिनियर घनश्याम पौडेलले पुरातत्वमैत्री मूल्य मान्यताहरुलाई स्वीकार गर्ने योजनाकासाथ काम गर्नुपर्ने बताए । नेपालको लुम्विनीको मायादेवी मन्दिरको डिजाइनसमेत गरेका इन्जिनियर पौडेलले पुरातात्विक सम्पदाहरुलाई नष्ट गर्न नहुने बताए ।
विश्व सम्पदा सूचिमा सूचिकृत क्षेत्रमा भबन, मन्दिर निर्माण पुननिर्माण गर्दा युनेस्कोको प्रावधानबारे इन्जिनियरिंग अध्ययनरत विद्यार्थीलाई जानकारी दिन पुगेका उनले त्यो प्रावधान मिट गर्न नयाँं पुस्ताका इन्जिनियर सचेत हुनुपर्ने खाँंचो औंल्याए । उनले त्यो प्रावधान मिट गर्न के कस्ता चुनौती आउन सक्छन् र त्यसलाई आर्किटेक्ट, इन्जिनियरहरुले कसरी फेस गर्नुपर्छ भन्नेबारे जानकारी दिएका थिए । कार्यक्रमपछि नेकका प्रिन्सिपल प्राडा हरिकृष्ण श्रेष्ठले उनलाई मायाको चिन्ह प्रदान गरेका थिए ।
प्रकाशित मिति : December 30, 2019 at 4:59 pm









