बलात्कारकाे आरोपमा पक्राउ परेका सिद्धबाबालाई ३ लाख धरौटीमा छाड्न अदालतकाे आदेश
१४ पाैष, काठमाडौँ । बलात्कारकाे आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई ३ लाख धरौटीमा रिहा गर्न जिल्ला अदालत सुनसरीले आदेश दिकाे छ । सोमबार सकिएको थुकछेक बहशपछि जिल्ला अदालत सुनसरीले गिरीलाई ३ लाख धरौटीमा छाड्न आदेश दिएको हो । जिल्ला न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलाशले गिरीलाई धराैटीमा छाड्न आदेश दिएको हो ।

एक महिला अनुयायीले गिरीविरुद्ध बलात्कारकाे आरोप लगाएकी थिइन् । पीडित महिलाले प्रहरीमा उजुरी दिएपछि गिरी भने आफू बिरामी भएको भन्दै विराटनगरस्थित एक अस्पतालमा भर्ना भएका थिए । गत मंसिर १८ गते प्रहरीले गिरीलाई अस्पतालबाटै पक्राउ गरेको थियो । पक्राउ परेपछि पनि गिरी अस्पतालमै बस्दै आएका थिए ।
प्रकाशित मिति : December 30, 2019 at 3:52 pm









