२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

नेपाल बैंकका पूर्व शाखा प्रबन्धक भूपराज कोइराला पक्राउ

१४ पाैष, काठमाडौँ । नेपाल बैंकका पूर्व शाखा प्रबन्धक भूपराज कोइराला पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी)ले नेपाल बैंक लिमिटेड डिल्लीवजार शाखा कार्यलयका पूर्व प्रवन्धक भूपराज कोइरालालाई बैंकिङ कशुरमा पक्राउ गरेको हाे ।


सोलुखुम्बुकाे साविक सल्यान गाविस वडा नम्बर ८ नेचाका स्थायी वासिन्दा कोइरालालाई व्यूरोको टोलीले पुस ११ गते पक्राउ गरेको हो । पक्राउपछि उनलाई उच्च अदालत पाटनबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कोइरालाले शाखा प्रमुख हुँदा बैंकलाई नभएको दायित्व सिर्जना गराई अनुचित लाभ लिएको सिआइवीले जनाएको छ ।

प्रकाशित मिति : December 30, 2019 at 1:43 pm