२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

गुणस्तर कायम नगरेकाे भन्दै युनाइटेडसहित ३ सिमेन्ट र साइबाबासहित ६ ग्यास कम्पनी कारवाहीमा

१३ पाैष, काठमाडाैँ । गुणस्तर कायम नगरेकाे भन्दै युनाइटेडसहित ३ सिमेन्ट र साइबाबासहित ६ ग्यास कम्पनी कारवाहीमा परेका छन् । तोकिएको मापदण्ड अनुसार गुणस्तर नपाइएको भन्दै नेपाल गुणस्तर तथा नापतौल विभागले कारवाही प्रक्रिया अघि बढाएको जनाएकाे छ ।

विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस विभागबाट विभिन्न मिति र स्थानहरूमा गरिएको बजार अनुगमनबाट संकलित नमूनाहरू विभागको प्रयोगशालामा परीक्षण गराउँदा प्राप्त परीक्षण नतिजा ने.गुण. अनुरूप नपाइएकाले नेपाल गुणस्तर (प्रमाण चिह्न) ऐन, २०३७ तथा नियमावली, २०४० को नियम १६ अनुसारको कानूनी कारवाही प्रक्रिया अगाडि बढाइएको छ’ ।

विभागले श्रीकृष्ण, एभरेस्ट, साइबाबासहितका ६ ग्यासविरुद्ध समेत कारवाही प्रक्रिया अघि बढाएको विज्ञप्तिमार्फत जनाएको छ ।

यी हुन्, कारवाही प्रक्रिया अघि बढेका ग्यास तथा सिमेन्टः

प्रकाशित मिति : December 29, 2019 at 3:53 pm