२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेल पक्राउ

१३ पाैष, काठमाडाैँ । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेल पक्राउ परेका छन् । प्रहरीले आइतबार दिउँसाे भारतले सीमा मिचेको विषयमा आयोजित विरोध प्रदर्शनका क्रममा गजुरेललाई पक्राउ गरेको हो ।

फाइल फाेटाे

माइतीघर मण्डलाबाट शुरु भएको जुलुस संघीय संसद भवन बानेश्वरतर्फ अगाडि बढ्ने क्रममा बिजुलीबजार पुल नजिकबाट गजुरेल पक्राउ परेका हुन् । प्रहरीले गजुरेलसहित प्रदर्शनमा सहभागी अन्य प्रदर्शनकारीलाई समेत पक्राउ गरेको छ ।

प्रकाशित मिति : December 29, 2019 at 3:14 pm