२८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026

मकवानपुर सुमो दुर्घटना अपडेटः मृतकको संख्या ५ पुग्यो

११ पाैष, काठमाडौँ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ ओखरडाँडाको ‘सिस्नेरी–काठमाडौँ’ सडकखण्डमा सुमो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ । अन्य २ घाइतेको उपचार भइरहेको छ । रौटहटको चपुरबाट काठमाडौं आउँदै गरेको ना१ज ३४३३ नम्बरको सुमो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै र थप तीनजनाको उपचारको क्रममा मृत्यु भएको मकवानपुरका एसपी सुशील सिंह राठौरले जानकारी दिए ।

फाइल फाेटाे

माउन्ट एभरेस्ट बोर्डिङ स्कुल चन्द्रनिगाहपुरका शिक्षक मनिस विक र उनकी श्रीमतीको पनि दुर्घटनामा परी मृत्यु भएको प्रहरीले जनाएकाे छ । यसैगरी २ जना रौतहट नजरपुर, एकजना चन्द्रनिगाहपुर र अर्का एक व्यक्तिको मृत्यु भएको बताइएको छ । तीब्र गतिमा रहेको सुमो शुक्रबार साढे १२ बजे दुर्घटना भएको हो ।

प्रकाशित मिति : December 27, 2019 at 5:32 pm