मकवानपुरको इन्द्रसरोवरमा सुमो दुर्घटना, ३ जनाको मृत्यु, ५ घाइते
११ पाैष, हेटौँडा । मकवापुरको इन्द्रसरोवर गाउँपालिका वडा नं ३ ओखरेडाँडा नजिक सुमो दुर्घटना हुँदा ३ जनाको घटनास्थलमा मृत्यु र ५ घाइते भएका छन् । चन्द्रनिगापुरबाट काठमाडौँतर्फ जाँदै गरेको ना१ज ३४३३ नंको सुमो अन्दाजी ३०० मिटर तल खसी आज दुर्घटना भएको थियो । मृतकको सनाखत हुन नसकेको भीमफेदी प्रहरीले जनाएको छ ।

घाइतेलाई उपचारका लागि काठमाडौँतर्फ पठाइएको छ । सुमोमा ९ जना सवार रहेका, ती मध्ये १ सकुशल रहेका र दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ । ।
प्रकाशित मिति : December 27, 2019 at 3:25 pm









