२८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026

काठमाडौँबाट फोहोर बोकेर नुवाकोटको सिसडोल जाँदै गरेकाे ट्रिपर दुर्घटना, २ जनाको मृत्यु

११ पुस, काठमाडाैँ । काठमाडौँबाट फोहोर बोकेर नुवाकोटको सिसडोल जाँदै गरेकाे ट्रिपर दुर्घटना हुँदा २ जनाकाे मृत्यु भएकाे छ ।  शुक्रबार  काठमाडौँको तारकेश्वर नगरपालिकास्थित जितपुरको कोट गाउँमा ट्रिपर दुर्घटना हुँदा चालक माइला तामाङ्ग र सह चालक कमल तामाङ्गको घटनास्थलमै मृत्यु भएको हाे । काठमाडौँबाट फोहोर बोकेर नुवाकोटको सिसडोल जाँदै गरेको ना २ क ३३८ नम्बरको ट्रिपर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत बालाजुका प्रमुख रन्जित सिंह राठौरले ट्रिपर तीव्र गतिमा रहेको र सडकबाट ५० मिटर तल आलुबारीमा खसेको जानकारी दिए ।

प्रकाशित मिति : December 27, 2019 at 11:54 am