२८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026

पोके तस्करसँग ६ हजार घुस खाने सशस्त्र प्रहरीका इन्सपेक्टर र हवल्दार रंगेहात पक्राउ

११ पाैष, वुटवल । पोके तस्करसँग ६ हजार घुस खाने सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) र हवल्दार रंगेहात पक्राउ परेका छन । रुपन्देहीमा घुस लिँदै गर्दा इन्सपेक्टर र हवल्दार पक्राउ परेका हुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयका अनुसार सशस्त्र प्रहरी बेस क्याम्प बिष्णुपुराका प्रमुख तथा प्रहरी निरीक्षक तेजबहादुर जोरा र सहायक हवलदार वीरेन्द्रप्रसाद चौधरी पक्राउ परेका हुन ।

उनीहरूले पोके तस्करसँग लिएको ६ हजार घुस पनि अख्तियारको टोलीले बरामद गरेको छ । उनीहरूले गैडहवा गाउँपालिका ३ को सगरहवाबाट नियन्त्रणमा लिइएको आयोगको बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले जानकारी दिएका छन । उनीहरुले घरायसी सामग्री ओसारपोसारमा सहयोग गरिदिने भन्दै पोके तस्करसँग घुस मागेका थिए ।

प्रकाशित मिति : December 27, 2019 at 10:36 am