सय जना सवार बेक एअरलाइन्सको विमान दुर्घटना
११ पाैष, काठमाडाैँ । कजकिस्तानमा बेक एअरलाइन्सको विमान दुर्घटना भएको छ । अल्माटी विमानस्थलमा टेक अफ् गर्ने क्रममा विमान दुई तले भवनमा ठोक्किएर दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । हालसम्म विमान दुर्घटनामा परी सात जनाको ज्यान गएको पुष्टि भएको छ ।

विमानमा सय जना सवार रहेको अधिकारीहरुले बताएका छन् । जसमा ९५ जना यात्रु र पाँच जना हवाई जहाजका सदस्य रहेका थिए ।अहिले घटनास्थलमा आपतकालीन सेवा सञ्चालन गरिएको छ । दुर्घटनाग्रस्त विमान कजाकिस्तानको ठूलो शहर अल्माटीबाट राजधानी नुरसुल्तान जाने क्रममा थियो ।
प्रकाशित मिति : December 27, 2019 at 10:21 am









