२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

एमाले–माअोवादी पार्टी एकताको टुंगो भोलि, ओली र प्रचण्डबीच अाजै दुई पटक छलफल

२० वैशाख, काठमाडाैँ । पार्टी एकीकरणका विषयमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज बिहान र दिउँसो गरी दुई पटक प्रधानमन्त्री निवासमा छलफल भएको छ ।

चाँडै पार्टी एकता गर्ने तयारीमा रहेका दुई दलका अध्यक्षबीचको छलफल सकारात्मक भएको ठानिए पनि ठोस सहमति बाहिर आएको छैन । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले उहाँहरुको छलफल सकारात्मक रहेको र आवश्यकतानुसार फेरि छलफल गरी निष्कर्षमा पुगिने जानकारी दिनुभयो ।

दुवै दलले वैचारिक र सांगठनिक प्रतिवेदन तयार गरी मिल्न बाँकी विषयको टुंगो लगाउन अध्यक्षहरुलाई जिम्मा दिएको थियो । यसअघि प्रचण्डले घोषणा गरे अनुरूप दुबै अध्यक्षले पार्टी एकताको टुंगो भोलि लगाउने बुझिएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७५, बिहीबार २१:४४