३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

रुबीकुमारीलाई सदनमा ‘बहिनी’ भनेकोप्रति हर्क साम्पाङको आपत्ति

२७ चैत, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले आफ्नो पार्टीले उपसभामुखमा अघि सारेको उम्मेदवार रुबीकुमारीलाई ‘बहिनी’ सम्बोधन गरेकोप्रति आपत्ति जनाउनुभएकाे छ ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा उहाँले उक्त शब्द खारेज गर्न समेत माग गर्नुभएकाे हाे । उनले भने, ‘पूर्ववक्ताज्यूहरूले कतिले हाम्रो माननीय रूवीकुमारी ठाकुरज्यूलाई रूवी बहिनी भनेर पनि यहाँ सम्बोधन गरेको मैले देखेँ। त्यो शब्दलाई खारेज गरियोस्। यहाँ कोही कसैको बहिनी, नातिनी, बाजे, मामा भान्जा भन्ने हिसाबले हामी यहाँ बोल्नु हुँदैन। यहाँ हामी सबै जना एकले अर्कालाई सम्मान गरेर माननीय भनेर एकले अर्कालाई बोलाइनु पर्दछ।’

प्रकाशित मिति : April 10, 2026 at 6:17 pm