प्रदेशसभा सदस्य भँडेललाई सम्मान
१० पुस, मध्यपुरथिमि । नेपाल निर्माण व्यवसायी सङ्घ जिल्ला शाखा भक्तपुरले भक्तपुर क्षेत्र नम्बर १ (क) बाट गत मङ्सिर १४ गतेको उपनिर्वाचनमा ३ नं प्रदेशसभा सदस्यमा निर्वाचित कृष्णलाल भँडेललाई सम्मान गरेको छ । कार्यक्रममा निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंह र जिल्ला शाखा अध्यक्ष निरन्जन बजगाईंले प्रदेशसभा सदस्य एवं सङ्घका वरिष्ठ सल्लाहकार भँडेललाई सम्मान गर्नुभएको हो । महासङ्घका अध्यक्ष सिंहले समाजमा निर्माण व्यवसायीलाई ठेकेदार भनेर खिल्ली उडाउने गरिएको भए पनि व्यवसायीले जनताको विश्वास जित्दा प्रदेशसभा सदस्यमा पुग्न सफल हुनु व्यवसायी कै शिर ठाडो भएको बताउनुभयो ।

प्रदेश सदस्य भँडेलले निर्माण कार्यमा ढिलाइ र गुणस्तरीय नहुनुमा निर्माण व्यवसायीको मात्र दोष नहुने र यसमा प्राविधिकको पनि कमजोरी हुने गरेको बताउनुभयो । जिल्ला अध्यक्ष बजगाईंले राज्य र समाजका विभिन्न क्षेत्रबाट एक दुई निर्माण व्यवसायीको कमजोरीलाई देखाएर समग्र निर्माण व्यवसायीलाई नकारात्मक रुपमा चित्रण गर्नु गलत भएको बताउनुभयो ।
प्रकाशित मिति : December 26, 2019 at 2:42 pm









