मकवानपुरको जंगलमा विमान दुर्घटनाको आशंका, प्रहरी घटनास्थलतर्फ
९ पाैष, काठमाडाैँ । प्रदेश ३ को अस्थायी राजधानी रहेको जिल्ला मकवानपुरको एक जंगलमा विमान दुर्घटनाको आशंका गरिएको छ ।मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकामा रहेको जंगलमा धुँवाको ठूलो मुस्लो देखिएको छ । स्थानीयले विमान दुर्घटनाको आशंका गर्दै प्रहरीलाइ खबर गरेका छन । अहिले प्रहरी त्यसतर्फ प्रस्थान गरेको छ ।

मकवानपुरका प्रहरी प्रमुख मुकेश सिंहका अनुसार मकवानपुरको चौघडाबाट प्रहरी त्यसतर्फ गएको पुष्टि गर्दै आगो र धुँवाको मुस्लो देखिएको स्थानमा पुग्न दुई घन्टा लाग्ने बताएका छन ।
प्रकाशित मिति : December 25, 2019 at 1:12 pm









