नाग्म-गमगढी खण्ड दुई सातापछि नियमित
८ पुस, जुम्ला । लगातारको हिमपातले मंसिर अन्तिम सातादेखि अवरुद्ध बनेको नाग्म-गमगढी खण्ड नियमित भएको छ । सडक नियमित हुँदा सर्वसाधारणलाई आउजाउमा समेत सहज भएको छ ।
कर्णाली प्रमुख पर्यटकीय गन्तव्य रारा पुग्ने मुख्य सडक हिमपातकै कारण विगत दुई साता ठप्प हुँदा जनजीवन प्रभावित बनेको थियो । मंसिर २५, २६ र २७ गतेको हिमपातले सडक अवरुद्ध हुदाँ मुगुबाट तराई झर्ने र तराई बाट मुगु पुग्ने सवारीसाधनको आवागमन पूर्ण रुपमा रोकिएको थियो ।
बाक्लो हिमपातले सर्वसाधारणलाई हिँडडुलमा पनि समस्या भएको थियो । डोजरले हिउँ पन्छाएर अवरुद्ध सडक खोलिएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । सडक नियमित भएसँगै अब रारा घुम्न जाने पर्यटक तथा स्थानीय बासिन्दालाई आउजाउमा सहज हुने भएको छ ।

प्रकाशित मिति : December 24, 2019 at 8:11 am







