२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

‘उच्च पहाडी भागमा आंशिक बदली, अन्यमा मौसम सफा’

७ पुस, काठमाडौं जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मुलुकका पश्चिमी उच्च पहाडी भागमा आंशिक बदलीको सम्भावना छ । यस्तै बाँकी भागमा मौसम सामान्यत: सफा रहनेछ ।

आज बिहान तराईका भू-भागहरुमा कुहिरो लागेको महाशाखाले जनाएको छ । यस्तै महाशाखाले नेपालमा हालसम्म पनि उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । उच्च हिमाली क्षेत्रमा हिमपात भइरहेको छ भने तराईमा शीतलहर सुरु हुने अवस्था रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले चिसोबाट बच्न सर्वसाधारणमा अपिलसमेत गरेको छ ।

प्रकाशित मिति : December 23, 2019 at 7:55 am