२९ बैशाख २०८१, शनिबार | Sun May 12 2024

पान्डा हेर्ने कि भालु ? यस्तो छ चीनको सबैभन्दा ठूलो चिडियाखाना ! (फोटो फिचर)


७ पुस, काठमाडौं अनौठो र अचम्मका कुरा गर्नमा विश्वमै चीन नम्बर एक मानिन्छ । आफ्ना यही अद्भूत क्षमताकै कारण चीनले बर्सेनि लाखौं पर्यटक भित्र्याउने गरेको छ । जसबाट मुलुकको आन्तरिक अर्थतन्त्र बलियो त हुन्छ नै त्यसबाट सिकेर अन्य मुलुकहरुले पनि अर्थतन्त्र उकासेका थुप्रै उदाहरण छन् । चीनको चामत्कारिक काममध्ये बेइजिङमा रहेको केन्द्रीय चिडियाखाना झन्डै विश्वकै ठूलो र अब्बल मानिन्छ ।

यसरी चिडियाखानाबाटै विश्व आकर्षित गरिरहेको चीनका सकारात्मक काम हामीले पनि अवलम्बन गर्न सक्छौं । राजनीतिक दलहरुको इच्छाशक्ति भए यस्ता पर्यटक आकर्षित गर्ने खालका विभिन्न मोडेलहरु पनि हामीले नेपालमै स्थापना गर्न सके अर्थतन्त्र पनि बलियो हुनेमा दुईमत छैन ।

त्यही ‘सेन्ट्रल जू’ मा आज हामी हाम्रा पाठकहरुलाई पनि पुर्‍याउँदै छौं । केही साताअघि चीन भ्रमणमा रहेको नेपाली पत्रकारहरुको टोलीले चिडियाखानामा पुगेर भरपूर मनोरञ्जन लिएको पाउन सक्छौं । त्यही चीन भ्रमणमा व्यस्त रहेका नेपाली पत्रकारहरुले खिचेका तस्बिरहरु हेरौं यस्ता छन् ।

  

प्रकाशित मिति : ७ पुष २०७६, सोमबार ०७:१३

https://srdb.com.np/