२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

विप्लव समूहको अपहरणमा परेका गाउँपालिका अध्यक्ष जङ्गलमा सकुशल भेटिए

६ पुस, काठमाडौँ । अपरहणमा परेका दैलेखको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाही कालिकोटको शुभकलिका गाउँपलिकाको जङ्गलमा सकुशल फेला परेका छन् । प्रहरीले विप्लव कार्यकर्ताहरुको बीचबाट उनलाई खोस्न सफल भएको हो । अध्यक्ष शाहीलाई फेला पार्ने क्रममा प्रहरीले विप्लवका कार्यकर्तालाई लखेटेको थियो ।


थकित अवस्थामा फेला परेका अध्यक्षलाई अहिले फर्काउने काम भइरहेको कर्णाली प्रदेशका प्रहरी प्रमुख डिआइजी पूर्णचन्द्र जोशीले जानकारी दिए । आइतरबार शाही र उनकी श्रीमती इलालाई विप्लव समूहले अपहरण गरेको थियो । आइतबार दिउँसो विप्लव समूहका भेरी कर्णाली ब्युरो इञ्चार्ज रविले प्रेस विज्ञप्ति जारी गर्दै अपहरणको जिम्मेवारी लिएका थिए ।

प्रकाशित मिति : December 22, 2019 at 10:01 pm