२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

नेपालमाथि थप नाकाबन्दीको माग गर्ने राजेन्द्र महतो मोदीको स्वागतका लागि सडक बढार्दै

२० वैशाख, धनुषा । नेपाली नागरिक माथि भारतलाई नाकाबन्दी गर्न प्रेरित गर्दै थप नाकाबन्दी गर्नुपर्ने बताउने राजपा नेता राजेन्द्र महतो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि जनपुरमा सडक बढार्न निस्केका छन ।

मोदी जनकपुरहुँदै नेपाल भ्रमणमा आउने भएपछि बिहीबार बृहत सरसफाइका नाममा राजेन्द्र महतो, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतदेखि अन्य मन्त्रीहरुले सडकमा झाडु लगाए । उनीहरुले जनकपुरको जानकी मन्दिर परिसरदेखि बाह्रविघा जाने सडक आसपास बढार्ने काम गरे । मोदी वैशाख २८ गते जनकपुर आउँदैछन ।

प्रकाशित मिति : २० बैशाख २०७५, बिहीबार १६:५४