२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

जमिनमुनी लुकाएर राखेकाे एसएलआरसहित ९ हजार गोली बरामद

६ पुस, धरान । जमिनमुनी लुकाएर राखेकाे एसएलआरसहित ९ हजार गोली बरामद गरिएकाे छ । आइतबार सुनसरीको बराहक्षेत्र नगरपालिका-५ स्थित एकता टाेलबाट अत्याधुनिक हतियार एसएलआरसहित ९ हजार बढी गोली बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएकाे छ । स्थानीयको कुखुराको खोरमा जमिन मुनि गाढेर राखेको उक्त हतियासहित ठूलो परिणाममा गोली बरामद गरेको हो।

प्रहरीले गोली र हतियार जमिन मुनि राखिएको गोप्य सूचनाका आधारमा खानतलासी गर्दा उक्त हतियार र गोली बरामद गरिएको सुनसरीका प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले बताए। घटनास्थलमा बरामद गरिएको हतियारबारे प्रहरीले मुचुल्का तयार गरिरहेको छ । ठूलो परिणाममा गोली र अत्याधुनिक हतियार बरामद गरेपछि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ।

प्रकाशित मिति : December 22, 2019 at 4:55 pm