२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

अवैध लागूऔषध गाँजा सहित धादिङका दिपेश ढुङ्गाना पक्राउ

६ पुस, काठमाडौँ । काठमाडौँकाे चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुङ्गाबाट अवैध लागूऔषध गाँजा सहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका-८ का १९ वर्षीय दिपेश ढुङ्गाना रहेकाे प्रहरीले जनाएकाे छ ।

ढुङ्गानालाई १ केजी ७ सय ग्राम गाँजा सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे। महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले लमजुङबाट काठमाडौँतर्फ आउँदै गरेको बा.२ ख १०२८ नम्बरको माईक्रोबस जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त परिमाणको लागूऔषध सहित पक्राउ गरेको हो ।

प्रकाशित मिति : December 22, 2019 at 1:27 pm