२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाको पहिचान अझै भएन

५ पुस, काठमाडौं मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाले अझै पनि आफ्नो पहिचान समाजलाई दिन सकेका छैनन् । विश्वास नेपालले यहाँ आयोजना गरेको रेष्टुराँ श्रमिक महिलाको हकहितका लागि हाम्रो आवाज पेसागत हिंसामुक्त समाज भन्ने कार्यक्रममा सरकारी र गैरसरकारी  संस्थाका  प्रतिनिधि, प्रहरी, जनप्रतिनिधिलगायतले यो पेशामा संलग्नको आत्मसम्मान आवश्यक रहेको औंल्याएका छन् ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मानबहादुर बुढाले रात्रिकालीन व्यावसायलाई व्यवस्थित बनाउनुपर्ने बनाए । “यौनसम्बन्धी कुरालाई कानूनी मान्यता दिएको छैन”, उनले भने ।

गैरसरकारी संस्था महासंघका अध्यक्ष प्रदीप डङ्गोलले हरेक व्यक्तिले अब आफूले गरेको कामले समाजमा कस्तो परिवर्तन आएको छ भन्ने कुरा बुझ्नुपर्ने बताए ।

जिल्ला समन्वय समिति काठमाडौंका उपप्रमुख सरिता दाहालले समृद्ध नेपाल निर्माणका लागि पेशा र आयआर्जन क्षेत्रलाई उचित सम्मान हुनुपर्ने जानकारी दिइन् ।

स्वतन्त्र सामाजिक परीक्षण बालमुकुन्द आचार्यले विभिन्न क्षेत्रमा काम गर्ने पेशागत श्रमिकको सम्मान हुनुपर्ने धारणा औंल्याए ।

विश्वास नेपालका अध्यक्ष तारा भण्डारीले महिला श्रमिकमाथि हुने शोषण अन्त्यका लागि सम्बद्ध पक्षहरुसँग सहकार्य गर्दै मर्यादितरुपमा काम गर्ने वातावरण निर्माण बनाउनुपर्ने  धारणा राखिन् । –रासस

प्रकाशित मिति : December 21, 2019 at 8:47 am