२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

प्रहरीले जल्दै गरेको शव नियन्त्रणमा लियो, तर किन ?

५ पुस, कलैया बारामा जलाउँदै गरेको शवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हत्यापछि महिलाको शव जलाउँदै गएको भेटिएपछि प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको थियो ।

पचरौता नगरपालिका १, पिपरपातीका अन्दाजी ३८ वर्षीया माल्तीदेवी नुनियाको जलाउँदै गरेको शवलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिए ।

पति-पत्नीबीच झगडा हुँदा पत्नी मारेर घरमै राखेको सूचना पाएपछि त्यसबारे बुझ्न प्रहरी टोली गाउँ पुग्दा रामदयाल महतो नुनियाले पत्नीको शव जलाउँदै गरेको खुलेपछि नियन्त्रणमा लिएको उपरीक्षक खनालले बताए ।

शव पूर्णरुपमा नजलेको, केही हाड फेला पारेको र मृतकका पति, सासू-ससुरा सबै फरार रहेको हुँदा घटनाबारे अनुसन्धान भइरहेको खनालले जानकारी दिए । मृतकको माइती भारत मोतिहारी जिल्लाको जुयाफर भन्ने ठाउँमा  हो ।

माइती पक्षले नै घटनाबारे जानकारी दिएपछि प्रहरी गाउँमा पुगेको थियो । तराईका जिल्लामा दाइजोका कारण पत्नी हत्याका कयौं उदाहरण भेटिन्छ । –रासस

प्रकाशित मिति : December 21, 2019 at 8:35 am