२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

सिरहामा चिसोबाट प्रभावितलाई सिरक

४ पुस, लहान । विगत केही दिनयता बढेको चसोबाट प्रभावित सिरहाको सुखीपुर नगरपालिका–४ कबिलासीका वृद्धवृद्धा, अपाङ्गता भएका तथा एकल महिलालाई सिरक वितरण गरिएको छ ।

वडा कार्यालयमा बिहीबार आयोजित सिरक वितरण कार्यक्रममा प्रदेश नं ५ का प्रदेश प्रमुख धर्मनाथ यादव र सुखीपुर नगरपालिकाका प्रमुख रामअवतार यादवले संयुक्त रुपमा कबिलासीका वृद्धवृद्धा, अपाङ्गता भएका र एकल महिलागरी १६० जनालाई जाडोबाट जोगिन सिरक वितरण गर्नुभयो । एउटा सिरकको मूल्य रु एक हजार २०० पर्ने बताइएको छ ।

प्रकाशित मिति : December 20, 2019 at 11:47 am