२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

आजको मौसम : पहाडी भूभागमा आंशिक बदली, तराईमा कुहिरो

४ पुस, काठमाडौं जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पहाडी भू-भागमा आंशिक बदली हुने अनुमान गरेको छ । यस्तै तराईमा हुस्सु र कुहिरो लाग्ने प्रक्षेपण गरेको छ ।

महाशाखाका अनुसार अहिले मध्य तथा पूर्वी तराईका केही स्थानमा बाक्लो कुहिरो लागेको छ । पश्चिमी भू-भागलगायत पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ ।

महाशाखाले पश्चिमी भू-भागमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको जनाएको छ । साथै चिसोबाट बच्ने उपाय अपनाउन सबैमा महाशाखाले अनुरोधसमेत गरेको छ ।

आज (शुक्रबार)

दिउँसो : देशको पश्चिमी र मध्य भागलगायत पूर्वी पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकीमा आंशिक बदली रहनेछ । साथै पश्चिम भेकका उच्च पहाडी/हिमाली क्षेत्रमा हल्का हिमपात र पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पश्चिम भेकका उच्च पहाडी/हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपात र पश्चिमी पहाडी क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

भोलि (शनिबार)

दिउँसो : देशका पश्चिमी भू-भागमा सामान्य बदली र मध्य तथा पूर्वी क्षेत्रमा आंशिक बदली रहनेछ । साथै पश्चिम भेकका उच्च पहाडी/हिमाली भागमा हल्कादेखि मध्यम हिमपात र पश्चिमी पहाडी भू-भागका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

राति : देशको पश्चिमि भागलगायत मध्य र पूर्वी पहाडी क्षेत्रमा आंशिक बदलीको अवस्था रहनेछ । बाँकी भू-भागमा मौसम सामान्यत: सफा रहनेछ ।

प्रकाशित मिति : December 20, 2019 at 7:19 am