२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

आइपीएल : एक अर्ब ३५ करोडमा ५५ खेलाडीको लिलामी

४ पुस, काठमाडौं  प्याट्ट क्युमिन्स इन्डियन प्रिमियर लिगको इतिहासमा सबैभन्दा महँगो खेलाडी भएका छन् । उनलाई रोयल च्यालेन्जर्स बैंग्लौर र देल्ही क्यापिटल्सको बोलीमा उछिन्दै कोककाता नाइट राइडर्सले लिलामी प्रक्रियामा सबैभन्दा बढी बोली लगाएर खरिद गरेको हो ।

इन्डियन प्रिमियर लिग (आईपीएल) मा खेलाडीको लिलामी प्रक्रिया बिहीबार भारतको कोलकातामा चल्दा एकैदिन १ अर्ब ३५ करोड भारतीय रुपैयाँमा ५५ खेलाडी विभिन्न फ्रेन्चाइजमा अनुबन्ध भए ।

यो प्रक्रियामा सबैभन्दा बढी रुपैयाँ अस्ट्रेलियाली खेलाडीको खातामा गयो । अस्ट्रेलियाका ११ खेलाडी ४० करोड ७५ लाखमा विभिन्न फ्रेन्चाइजमा आबद्ध भए । यस्तै अस्ट्रेलियाका ग्लैन म्याक्सवेललाई पन्जाबले १० करोड ७५ लाखमा अनुबन्ध गर्‍यो । अस्ट्रेलियाकै ओपनर ब्याट्सम्यान आरोन फिन्चलाई बैंग्लौरले ४ करोड ४० लाखमा खरिद गर्‍यो ।

दोस्रो चरणमा जोस हयाज्लऊड र मिसेल मार्स २ करोडमा चेन्नई सुपर किंग्स र सनराइजर्स हैदराबादमा आबद्ध भए । १ करोड न्युनतम मूल्यबाट सुरु भएको मार्कस स्टोनिसलाई टोलीमा पार्न राजस्थान र देल्हीबीच जुहारी चल्यो । देल्हीले ४ करोड ८० लाखमा मार्कसलाई खरिद गर्‍यो ।

यता राजस्थान रोयलले मुम्बईका यशस्वी जैसवाललाई २ करोड ४० लाखमा किन्यो । जैसवाल भारतको ए श्रेणीमा दोहोरो शतक लगाउन सबैभन्दा कान्छा खेलाडी हुन् ।

प्रकाशित मिति : ४ पुष २०७६, शुक्रबार ०६:१७