उदयपुरमा जीप दुर्घटना, ३ जनाको मृत्यु, ५ घाइते
३ पुस, उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका–३ मा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । भारतको सिक्किमबाट फर्कदैँ गरेको भारतीय नम्बर प्लेटको एस के ०१ पिबी ३०६८ नम्बरको जीप बिहिबार बिहान ७ः३० बजे दुर्घना भएको हाे ।

मृत्यु हुनेमा उदयपुरगढी गाउँपालिका–३ का ६० वर्षीय सेतबहादुर श्रेष्ठ, ५० वर्षीय ढकबहादुर स्माली मगर र ३६ वर्षीय मिन बहादुर श्रेष्ठ रहेका छन् । घाइतेहरुको स्वास्थ्य चौकी उदयपुरगढीमा उपचार भइरहको र ३ जना गम्भीर घाइतेलाई बाहिर रेफर गरिएको छ ।
प्रकाशित मिति : December 19, 2019 at 11:57 am









