सार्वजनिक बसभित्र चुम्बन गर्न नमान्दा किशोरद्वारा २ युवतीमाथि दुर्व्यवहार
२ पुस, काठमाडाैँ । बेलायतका ३ जना किशोरले सार्वजनिक बसमा सवार २ महिलाले एकअर्कासँग चुम्बन गर्न अस्विकार गरेका कारण आक्रमण गरेको आरोप स्विकारेका छन् । गत ३० मेमा २८ वर्षीया मेलानिया गेमोनाट र उनकी साथी क्रिस्टिन हान्नीगानमाथि क्यामेडन नाइट बसमा ती उपद्रोही किशोरहरुले सिक्का प्रहार गरेको प्रहरीले जनाएको छ ।

नाम नखुलाइएका क्रमशः १५, १६ र १७ वर्षीय तिनीहरुले यसअघिसम्म आफूमाथि लगाइएको धम्की दिएको तथा दुर्व्यवहार गरेको अभियोथ अस्वीकार गर्दै आएका थिए । तर अन्ततः तिनीहरुले बेलायत हास्वरी कर्नर युवा अदालतसमक्ष कानुन तोडेको तथ्य स्वीकारेका छन् ।
ती १७ वर्षीय किशोरमाथि न्युटनको अदालतमा कतै बाहिरका मानिसलाई स्थानीय क्षेत्रमा घृणा गर्ने नीतिअनुसार व्यवहार गरेको त होइन भन्नेबारे थप सुनुवाई हुने बताइएको छ । तिनीहरु सबैलाई आगामी २३ डिसेम्बरमा युवा अदालतमै सजाय तोकिने भएको यो । एजेन्सीको सहयोगमा यो खबर आजको नेपाल समाचारपत्रले लेखेको छ ।
प्रकाशित मिति : December 18, 2019 at 7:39 am









