पूर्वससभासद रामेश्वर ढुंगेलको निधन
१ पुस, काठमाडौँ । पूर्वसभासद रामेश्वर ढुंगेलको निधन भएको छ । मंगलबार नेपाली कांग्रेसका महासमिति सदस्यसमेत रहेका ढुंगेलको उपचारका क्रममा त्रिविवि शिक्षण अस्पताल, महाराजगञ्जमा निधन भएको हो । ढुंगेल संविधानसभा सदस्य निर्वाचन २०७० मा भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं. २ बाट विजयी भएका थिए ।

ढुंगेलको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् । स्वर्गीय ढुंगेलले पार्टी संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा पुर्याएको सक्रिय भूमिकाको स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।
प्रकाशित मिति : December 17, 2019 at 6:06 pm










