घुस लिएको अभियोगमा गुठी संस्थानका प्रमुख र उपप्रशासक कार्यालयबाटै पक्राउ
१ पस, काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहिसँग घुस लिएको अभियोगमा गुठी संस्थानका प्रमुख प्रशासक नारायण चौधरी र उपप्रशासक जय रेग्मीलाई पक्राउ गरेको छ । उनीहरुलाई मंगलवार अपरान्ह त्रिपुरेश्वरस्थित कार्यालयबाटै पक्राउ गरेको हो ।

अख्तियारले काठमाडौँ महानगरपालिका- १ स्थित जग्गासम्बन्धी संस्थानमा चलिरहेको मुद्दामा गुठीको जग्गा गुठीमै कायम गर्न घुस लिएको सूचनाका आधारमा अनुसन्धान गर्न उनीहरुलाई पक्राउ गरिएको जनाएको छ ।
प्रकाशित मिति : December 17, 2019 at 4:00 pm










