काठमाडाैँकाे पुरानो गुहेश्वरीमा महिलामाथि सामूहिक बलात्कार, २ जना पक्राउ
३० मंसिर, काठमाडौँ । काठमाडाैँकाे पुरानो गुहेश्वरीमा महिलामाथि सामूहिक बलात्कार भएकाे छ । सामूहिक बलात्कारको आरोपमा प्रहरीले तारकेश्वर नगरपालिका- ४ पुरानो गुहेश्वरीबाट २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३९ वर्षका रोमराज पुतुवार र ४९ वर्षका लाले गुरुङ रहेकाे प्रहीले जनाएकाे छ ।

महानगरीय प्रहरी वृत्त बालाजुका प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाकाे छ ।
प्रकाशित मिति : December 16, 2019 at 2:54 pm










