सिन्धुपाल्चोककाे सुनकोसीमा बस दुर्घटनाः १४ जनाको मृत्यु, १७ घाइते
२९ मंसिर, काठमाडौँ । सिन्धुपाल्चोकमा बस दुर्घटना भएकाे छ । दोलखाको कालिन्चोकबाट भक्तपुर आउँदै गरेको बस सिन्धुपाल्चोककाे सुनकोसी गाउँपालिका–७ , स्थित ६ किलोमा बा ४ ख ४४६८ नम्बरको बस दुर्घटना हुँदा १३ जनाकाे घटनास्थलमै मृत्यु भएकाे हाे ।

दुर्घटनामा परि १७ जना घाइते भएका छन् । उनीहरूलाई उद्धार गरेर धुलीखेललगायतका अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीका प्रहरी निरीक्षक गणेश खनालका अनुसार, कालिन्चोक मन्दिर दर्शनका लागि रिजर्भ गरेर लगिएको उक्त बस भक्तपुर फर्किंदै गर्दा आइतबार बिहान ८ः१५ बजे दुर्घटना भएको हो । सडकबाट अन्दाजी ५०० मिटर तल खसेको बसमा कति यात्रु सवार थिए भन्ने खुलिसकेकाे छैन ।

प्रकाशित मिति : December 15, 2019 at 10:49 am










