२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

धनुषा विस्फोट : शोकमा जिल्लाका निजी विद्यालय बन्द

२९ मंसिर, जनकपुर जिल्लाका सम्पूर्ण संस्थागत विद्यालयहरु आज (आइतबार) बन्द हुने भएका छन् । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५, महेन्द्रनगर बम विस्फोटमा एक विद्यार्थीको पनि मृत्यु भएपछि जिल्लाका सबै संस्थागत विद्यालय बन्द गर्ने निर्णय भएको हो ।

विस्फोटमा परि जनकपुरस्थित सिद्धार्थ शिशु सदनको कक्षा १० मा अध्ययनरत् आनन्द साहको मृत्यु भएको छ । आनन्द घरमुली राजेशका छोरा हुन् । उसो त राजेशको पनि सोही बिस्फोटमा परि मृत्यु भएको थियो भने प्रहरी निरीक्षक अमिर दाहालको पनि मृत्यु भएको छ ।

घटनापछि संस्थागत विद्यालय संरक्षण समितिको बैठकले घटनाप्रति दुःख व्यक्त गर्दै आइतबार एक दिन सम्पूर्ण संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको एनप्याब्सन धनुषाका अध्यक्ष चन्द्रनारायण मण्डलले जानकारी दिए ।

प्रहरी निरीक्षक अमिरकुमार दाहाल ।

संस्थागत विद्यालय संरक्षण समितिद्वारा जारी विज्ञप्तिमा बम विस्फोटको घटनाले आफूहरुलाई स्तब्ध बनाएको उल्लेख छ ।

धनुषा विस्फोट : प्रहरी भन्छ, ‘विप्लव समूहको संलग्नता !’

प्रकाशित मिति : December 15, 2019 at 7:47 am