महेन्द्रनगर बजारमा शक्तिशाली बम विस्फोट : २ को मृत्यु, प्रहरीसहित ४ सख्त घाइते
२८ मंसिर, जनकपुर । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ५, महेन्द्रनगर बजारमा शुक्रबार मध्यराति भएको बम विस्फोट भएको छ । विस्फोटमा परि स्थानीय ४६ वर्षीय राजेश्वर साह र उनका छोरा अन्दाजी २४ वर्षीय आनन्दको घटनास्थलमै मृत्यु भएको छ ।
विस्फोटमा प्रहरी निरीक्षक अमिर दाहाल र प्रहरी जवान रिजन महतो, मृतक राजेश्वरका अर्का छोरा प्रकाश र छोरी अञ्जली सख्त घाइते भएका छन् ।

प्रकाशित मिति : December 14, 2019 at 8:12 am








