२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

हिमपातले टिपर चिप्लिएर २ जनाको मृत्यु, २ घाइते

२७ मंसिर, हुम्ला । हिमपातले सडकबाट टिपर चिप्लिएर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नाम्खा गापा वडा नं १ का २६ वर्षीय सोनाम मेगुर लामा, वडा नं ४ का ३६ वर्षीय याल्वाङका सावेल लामा रहेका छन् । विहीबार सो गाउँपालिकाको मुचुको पातेल्नमा तेल ल्याउँदै गरेको टिपर दुर्घटनामा परेको थियो ।

दुर्घटना अन्य २ जना घाइते भएका र उनीको उपस्वास्थ्य चौकी मुचुमा उपचार भइरहेको छ । मौसमका कारण जिल्ला अस्पतालबाट चिकित्सक जान नसक्दा शव परीक्षण तथा घाइतेलाई उपचारका लागि काठमाडौ पठाउन समेत समस्या परेको व्यवस्थापन समितिका अध्यक्ष क्षेत्रपाल लामाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : December 13, 2019 at 5:59 pm