विद्यार्थी बाेकेर पिकनिक जाँदै गरेकाे बस दुर्घटना
२७ मंसिर, भक्तपुर । मदन भण्डारी मेमोरियल कलेजको बस दुर्घटना भएको छ। पिकनिकको लागि घ्याम्पे डाडाँमा गइरहेको बा ५ ख ४२८६ नम्बरको बस शुक्रबार बिहान भक्तपुरकाे सूर्यविनायकमा दुर्घटना भएको हो।

बसमा सवार ४६ जना विद्यार्थीमध्ये २३ जना घाइते भएका भक्तपुर प्रहरीले जनाएको छ। दुर्घटनामा विद्यार्थी सामान्य घाइते मात्र भएको र उनीहरूको इवामोरा अस्पतालमा उपचार भइरहेको प्रहीले जनाकाे छ ।
प्रकाशित मिति : December 13, 2019 at 1:24 pm










