२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

उधौली, योमरी पुन्ही र तटस्थ दिवस एकै दिन !

२६ मंसिर, काठमाडौं आज तीनवटा पर्व एकै दिन परेको छ । जनजाति समुदायले मनाउने उधौली, नेवार समुदायले मनाउने योमरी पुन्ही र डिसेम्बर १२ मा मनाइने अन्तर्राष्ट्रिय तटस्थ दिवस एकै दिन परेका हुन् ।

जनजाति समुदायले मार्ग शुक्ल पूर्णिमाका दिन आज हर्सोल्लासपूर्वक उधौली पर्व मनाउँदै छन् । राम्रो खाने, मीठो लगाउने पर्वका रुपमा उधौलीलाई बुझ्न सकिन्छ ।

यसैगरी नेवार समुदायले आज योमरी पुन्ही हर्सोल्लासका साथ मनाउँदै छन् । नेवार समुदायले आजको दिनमा घिउ, चाकु हालेको योमरी खाने गर्छन् ।

नेवारी समुदायमा मनाइने योमरी पुन्हीलाई धान्य पूर्णिमाका रुपमा समेत बुझिन्छ । आजको दिन योमरी (चामलको पीठोबाट बनाइएको र भित्र चाकु तथा तिल राखेर विशेष प्रकारले पकाइएको रोटी) पकाएर खाने भएकाले अरु पूर्णिमामध्ये यो विशेष मानिन्छ । यसलाई नेपालभाषामा थिल्ला पुन्ही पनि भनिन्छ ।

यता डिसेम्बर १२ को दिनलाई अन्तर्राष्ट्रिय तटस्थ दिवसका रुपमा मनाइने गरिन्छ । नेपालमा पनि विभिन्न संघ-संस्थाले यो दिवसलाई मनाउने तयारी गरेका छन् ।
अझ आजैको दिन गढीमाई मेला समाप्ति पनि हो । प्रत्येक ५-५ वर्षमा लाग्ने गढीमाई मेला पनि आजै समापन हुँदै छ ।

प्रकाशित मिति : December 12, 2019 at 7:11 am