२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

५० हजार घुससहित २ प्रहरी रंगेहात पक्राउ

२५ मंसिर, सर्लाही । त्रिभुवन नगरस्थित प्रहरी चौकीमा कार्यरत २ जना प्रहरी ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। भारतबाट नेपालतर्फ तस्करीका सामान ल्याउँदा भित्र्याउन सहयोग गरिदिने भन्दै प्रहरी नायव निरीक्षक राजेशकुमार सिंह र जवान मनोजकुमार यादवले  सेवाग्राहीसँग घुस मागिरहेका थिए ।

घुस लिएकै बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दीबासबाट खटिएको टोलीले उनीहरुलाई रंगेहात पक्राउ गरेको हो। सिंह र यादवले सर्लाहीको ब्रह्मपुरी गाउँपालिका वडा नं–४ स्थित सगरमाथा बोर्डिङ स्कुल परिसरमा सेवाग्राहीसँग घुस बुझिरहेका थिए। पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको अख्तियारका अधिकारीहरुले जानकारी दिएका छन्।

प्रकाशित मिति : December 11, 2019 at 12:16 pm