२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

महिलामाथि बलात्कार गर्न खाेज्ने वडाध्यक्ष साह पक्राउ

२५ मंसिर, राजविराज। सप्तरीमा एक महिलामाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा प्रहरीले आज सप्तरीको शम्भुनाथ नगरपालिका–१२ का वडाध्यक्षलाई पक्राउ गरेको छ । वडाध्यक्ष लक्ष्मी साहलाई एक महिलामाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताउनुभयो । उहाँका अनुसार विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले आज बिहान साहलाई पक्राउ गरिएको हो ।

स्थानीय एक महिलाले आफूलाई जबरजस्ती करणीको प्रयास गरेको भन्दै साहविरुद्ध उजुरी दिएपछि उहाँलाई पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक भारतीले बताउनुभयो । पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखी अनुसन्धान कार्य अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : December 11, 2019 at 11:33 am