२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

गरिबी, अशिक्षा र भोकमरीको उन्मूलन गरिन्छः वरिष्ठ नेता खनाल

१८ वैशाख, काठमाडाैँ । नेकपा(एमाले) का वरिष्ठ नेता झलनाथ खनालले लामो संघर्षबाट प्राप्त राजनीतिक अधिकारलाई संस्थागत गर्दै आर्थिक विकासको चरणमा प्रवेश गर्नैपर्ने बताउनुभएको छ । मंगलबार अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा विभिन्न पेशागत महासंघ र टे«ड यूनियनसँग आबद्ध संघ–संगठनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता खनालले सुखी नेपाली, समृद्ध नेपालको नारा कार्यान्वयन गर्ने लक्ष्यका साथ वर्तमान सरकार गठन भएकाले श्रमजीवी वर्गको हित र चाहनालाई सम्बोधन गर्नैपर्ने उहाँको भनाइ थियो ।

विभिन्न टुक्रामा विभक्त भएका नेपालका कम्युनिस्ट पार्टी विस्तारै एकताको प्रक्रिया अगाडि बढेको भन्दै उहाँले शीघ्र पार्टी एकताको घोषणा हुने विश्वास दिलाउनुभयो । लोकतन्त्रलाई संस्थागत गर्ने, राष्ट्रियताको जगर्ना गर्ने, गरिबी, अशिक्षा र भोकमरीको उन्मूलन गर्ने र सन्तुलित विदेश नीति अपनाएर मुलुकलाई समृद्ध बनाउनुपर्ने उहाँको भनाइ थियो ।

श्रमजीवी, गरिखाने वर्गको हितमा वर्तमान सरकारले काम गर्नैपर्ने स्पष्ट पार्दै पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका नेता खनालले भन्नुभयो, “वर्तमान सरकार परिवर्तनको जगमा निर्माण भएको सरकार भएकाले जनताको पक्षमा काम गर्नैपर्छ ।”

प्रकाशित मिति : १८ बैशाख २०७५, मंगलवार २०:०८