१३ असार २०८३, शनिबार | Sat Jun 27 2026

बाँकेकाे काेहलपुरमा कर्फ्यु आदेश जारी

२२ मंसिर, बाँके। बाँकेकाे काेहलपुरमा कर्फ्यु आदेश जारी गरिएकाे छ । कोहलपुरबाट नेपालगन्ज जाँदै गरेको ट्रककाे ठक्करबाट आइतबार बिहान स्थानीय हाइस्कुल चोकमा त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत कोहलपु–१० की प्रकृति चन्दको मृत्यु भएपछि  उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै बाँके जिल्ला प्रशासनले कोहलपुर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हाे । कोहलपुरको पूर्वमा चप्पर्गौडी ,पश्चिममा किरण नाला ,उत्तरमा नौबस्ता जाने बाटो र दक्षिणमा पिपरी चोकको ५ सय मिटर क्षेत्रमा कर्फ्यी जारी गरिएको हो ।

ट्रकको ठक्करबाट बालिकाको मृत्यु भएपछि स्थानीयवासीले ट्रकमा आगजनी गरेका थिए । झडपमा परि ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी हेमबहादुर शाहीसहित थप ७ जना प्रहरी पनि घाइते भएका छन् । घाईते हुने प्रहरीहरुमा अमर खड्का, रविन्द्र शर्मा,होमबहादुर खत्री, रष्मी पुन मगर, लक्ष्मीप्रशाद आचार्य, खुमबहादुर विष्ट र धनबहादुर विक रहेका छन् । उनीहरु सबैको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । केही घाइतेहरुलाई काठमाडौँ लगिएको छ । सो घटनामा अरु ३ जना घाइते भएका छन् ।

प्रकाशित मिति : December 8, 2019 at 5:47 pm