बलात्कारको अभियोगमा रौतहटका हेल्थ पोष्ट इञ्चार्ज सुधिरकुमार पक्राउ
२२ मंसिर, काठमाडौँ । महिलालाई लात्कार गरेको अभियोगमा रौतहटका एक स्वास्थ्यकर्मी पक्राउ परेका छन् । चितवनको भरतपुर बस्ने एक ३२ वर्षीय महिलालाई बलात्कार गरेको अभियोगको रौतहटको यमुनामाई गाउँपालिकामा पर्ने सरुअठा हेल्थ पोष्टका इञ्चार्ज सुधिर कुमार सिंहलाई प्रहरीले शनिवार पक्राउ गरेको हो ।

शनिवार स्वास्थ्यकर्मी सुधिर कुमार सिंहलाई पक्राउ गरिएको रौतहट प्रहरीका प्रवक्ता डिएसपी नवीन कार्कीले जानकारी दिए ।
प्रकाशित मिति : December 8, 2019 at 1:34 pm









