२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

अनेरास्ववियुमा कार्यबाहकले किचलो, विधान विपरित भएको भन्दै पदाधिकारी असन्तुष्ट

१८ वैशाख, काठमाडौँ । नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुमा कार्यबाहक अध्यक्षको विषय पेचिलो बन्दै गएको छ । प्रतिनिधिसभाको सदस्य समेत रहेकी नविना लामाले आफ्नो बिबाहको पूर्व सन्ध्यामा व्यस्तताको कारण देखाउँदै उपाध्यक्ष महेश बर्तौलालाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएकी थिइन । मुलत कार्यबाहक सम्बन्धित पदमा रहेको व्यक्तिले दैनिक कार्य सम्पदनमा असर नपुगोस भनेर आफू देशबाहिर रहँदा कार्यबाहकको जिम्मेवारी दिने प्रचलन रहेको छ । समयमै संगठनको अधिवेशन समेत गराउन नसकेर असफल बनेकी लामा संसद प्रवेशमा सफल बने पनि बिधि अनुसार समयमै नेतृत्व हस्तान्तरणको विषयमा असफल रहेको निष्कर्ष अनेरास्ववियुका पदाधिकारीले यसअघि नै निकालेका हुन ।

तस्बीरमाः अनेरास्ववियुकी अध्यक्ष नविना लामा, कार्यबाहकको जिम्मेवारी दिएको पत्र र कार्यबाहक उपाध्यक्ष महेश बर्ताैला ।

लामा सांसद हुँदा समग्रमा खुशी भएको नेतृत्व र आम कार्यकर्ता अहिले बर्तौलालाई बिधि विपरित कार्यबाहक दिएको भन्दै असन्तुष्ट बनेका हुन । अनेरास्ववियुको विधानमा हरेक दुई वर्षमा महाधिवेशनको माध्यमबाट नेतृत्व चयनको कुरालाई स्पष्ट रुपमा उल्लेख गरिएको छ । तर यति लामो समयसम्म महाधिवेशन गर्न नसकेकी लामाले राजिनामा दिने हल्ला चलाएर अन्त्यमा कार्यबाहक दिएपछि अन्य पदाधिकारी असन्तुष्ट बेनका हुन । लामाले राजिनामा दिने घोषणा गरे लगत्तै नेतृत्वको विषयलाई लिएर अनेरास्ववियु भित्र झण्डै दुई महिना बहस समेत भएको थियो ।

‘उपाध्यक्ष बर्तौला अनेरास्ववियुको अध्यक्षका लागि सक्षम व्यक्ति हुन त्यसमा कसैको असहमति छैन तर कार्यकाल सकिएको कमिटीले त्यसमा पनि विधान विपरित कार्यबाहकको जिम्मेवारी दिनुचाँहि गलत हो’ अर्की उपाध्यक्ष सुनिता बरालले दैनिकीसँग भनिन् । उनले भनिन् ‘विधानमै नभएको अधिकार प्रयोग गर्ने अधिकार अध्यक्षलाई कसले दियो ?’ बर्तौलालाई कार्यबाहक अध्यक्ष दिएर नयाँ नेतृत्व चयन गर्ने प्रक्रियालाई अबरुद्ध गर्न खोजेको भन्दै महासचिव लगायतका पदाधिकारीले शंकाको दृष्टिकोणले हेरेका छन ।

यता कार्यबाहक अध्यक्ष बर्तौलाले भने दैनिकीसँग कुरा गर्दै अध्यक्षले आफूले काम गर्न नभ्याउने भएपछि दैनिक कार्यसम्पादनको अधिकार प्रत्यायोजन गरेको भन्दै यो कुनै रुवावासीको विषय नभएको बताए । उनले भने ‘विगतमा केही साथी आफू गाउँ घुम्न जाँदा पनि कार्यबाहको जिम्मेवारी दिएर हिडेको रेकर्ड छ त्यसकारण संसदीय मोर्चामा आफू व्यस्त रहनु पर्ने भएपछि अध्यक्ष लामाले यति महत्वपूर्ण समयमा संगठनलाई चलायमान बनाउन जिम्मेवारी हस्तान्तरण गर्नु राम्रो हो ।’ अध्यक्षले जुन मनसायले जिम्मेवारी दिनुभएको छ त्यही अनुसार आफूले संगठनलाई चलायमान बनाउन प्रयत्न गरिरहेको भन्दै कार्यबाहक अध्यक्ष बर्तौलाले आजका दिनमा पनि अनेरास्ववियुको अध्यक्ष नविना लामा नै रहेको र आफू उपाध्यक्ष नै रहेको स्पष्ट पारे ।

तस्बीरमाः अनेरास्ववियुकी उपाध्धयक्ष सुनिता बराल र महासचिव एेन महर ।

यसरी सुरु भएको थियो नयाँ नेतृत्वको बहस
सांसद भएपछि नवीनाले अनेरास्ववियुबाट राजीनामा दिने बताएकी थिइन् । उनले अध्यक्ष पद छाड्ने भएपछि नयाँ नेतृत्व चयनका लागि दौडधुप सुरु भएको थियो । नयाँ नेतृत्व चयनकै लागि संगठनको पदाधिकारीक बैठक समेत बसेको थियो । अनेरास्ववियुको अध्यक्षका लागि उपाध्यक्षहरु महेश बर्तौला, सुनिता बराल, रश्मी आचार्य र महासचिव ऐन महरले आफ्नो दाबी सतहमा ल्याएका थिए । नयाँ नेतृत्व चयनसँगै संगठनका अन्य पदहरुको समेत पुनःसंरचनाबारे समेत छलफल सुरु भएको थियो ।

तर नविनाले राजिनामाको साटो बर्तौलालाई कार्यबाहक दिएपछि नेतृत्वको होडमा रहेका अन्य पदाधिकारी असन्तुष्ट बन्न पुगे । २ वर्ष बित्दा पनि अनेरास्ववियुमा विवादका कारण १० प्रतिशत केन्द्रीय सदस्य मनोनयन हुन सकेको छैन । पार्टीका विद्यार्थी विभाग प्रमुख रवीन्द्र अधिकारी पनि पर्यटनमन्त्री भएपछि अनेरास्ववियुको नेतृत्व चयनमा ढिलाइ भएको हो ।

पो पनि पढ्नुस्

–अनेरास्ववियुको कार्यबाहक अध्यक्षमा महेश बर्ताैला, काे हुन बर्ताैला ?

प्रकाशित मिति : १८ बैशाख २०७५, मंगलवार १७:१६