अब क्षमताभन्दा बढी यात्रु बोके कडा कारबाही
२२ मंसिर, काठमाडौं । क्षमताभन्दा बढी यात्रु बोकेका कारण सवारीसाधन दुर्घटना बढेपछि सरकारले अब कडा कारबाही गर्ने भएको छ । यातायात व्यवस्था विभागले सूचनै जारी गरी क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीसाधनलाई कडा कारबाही गर्ने चेतावनी दिएको हो ।

क्षमताभन्दा बढी यात्रु बोकेको सवारी दुर्घटना हुँदा यो साता मात्रै २३ जनाको मृत्यु भएको छ । हिजो शनिबार मात्रै चितवनमा अटो दुर्घटना हुँदा ५ जनाले ज्यान गुमाएका छन् ।
१७ मंसिरमा बाग्लुङको बडिगाडमा भएको जिप दुर्घटनाको कारण पनि क्षमताभन्दा बढी यात्रु रहेको खुलेको छ । कुलपूजाका लागि निसिखोला जाँदै गरेको जिपमा २४ यात्रु थिए ।
त्यसमध्ये बडिगाड प्रहरी चौकीले ८ जनालाई निकालेर अर्को गाडी चढाए पनि जिप दुर्घटनामा १४ जनाको ज्यान गयो । यस्तै प्रकृतिको सवारी दुर्घटना हुँदा हुम्लामा ४ जनाको मृत्यु भयो भने १३ जना घाइते भए ।
प्रकाशित मिति : December 8, 2019 at 7:30 am







